Menu

मोक्षदा स्कुलको शैक्षिक भ्रमण


  3rd November, 2016

मोक्षदा स्कुलको शैक्षिक भ्रमण

मोक्षदा स्कुलले कक्षा ८, ९ र १० मा अध्ययनरत छात्रछात्राका लागि एक शैक्षिक भ्रमणको आयोजना गर्यो । यही कार्तिक ८ गते सोमबार सुरु भई कार्तिक १२ गते शुक्रबार समाप्त भएको सो पाँचदिने शैक्षिक भ्रमणमा कुल ४७ जना छात्रछात्रा, शिक्षक, शिक्षिका तथा कर्मचारीको सहभागिता रहेको थियो । पाँचदिने भ्रमणका क्रममा मोक्षदा स्कुलको टोलीले कास्कीको धम्पुस, पोखरा, स्याङ्जा, पाल्पा, भैरहवा, लुम्बिनी र सौराहालगायत धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमण गरेको थियो ।
सो शैक्षिक भ्रमणमा विद्यालको प्रिन्सिपल श्री ठाकुर तिमल्सेना, शैक्षिक निर्देशक श्री हरिशरण खनाल, जनसम्पर्क प्रमुख श्री सुरेश चन्द, शिक्षक श्री जयराम सापकोटा, शिक्षिकाहरू श्रीमती सबिना श्रेष्ठ तथा सुश्री अञ्जली खनाल सहभागी हुनुभएको थियो ।