Menu

भानुभक्त मेमोरियलमा मोक्षदा स्कुल द्वितीय


  16th July, 2017

भानुभक्त मेमोरियलमा मोक्षदा स्कुल द्वितीय

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठान नेपाल र भानुभक्त मेमोरियल स्कुलले संयुक्त रूपमा आयोजना गरेको उपत्यकाव्यापी भानुभक्तीय रचना पाठ प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्रा तारा लामा द्वितीय स्थान हासिल गर्न सफल भएकी छिन् ।

प्रतियोगितामा नेपाल वेद विद्याश्रम संमाविका बबिन न्यौपाने प्रथम, मोक्षदा स्कुलकी तारा लामा द्वितीय, अन्नपूर्ण माविकी मुस्कान खातुन तृतीय तथा सहिद शुक्र माविका रूपेश दाहाल चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । सो अवसरमा प्राज्ञ विष्णुविभु घिमिरे, डिपी अर्याल, ऋषभदेव घिमिरे, नन्दकृष्ण जोशी, बलराम दाहाल, रमेश शुभेच्छु, बमबहादुर मोक्तान, गुणराज काफ्लेलगायका वक्ताले भानुभक्तको योगदानमाथि चर्चा गरेका थिए । प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा यूथिका खनालको पनि सहभागिता रहेको थियो । 

प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल तारा लामा र सहभागी यूथिका खनाललाई मोक्षदा स्कुल परिवार हार्दिक बधाई तथा शुभ कामना व्यक्त गर्दछ ।