Menu

मोक्षदामा गुन्जियो गजल


  8th September, 2018

मोक्षदामा गुन्जियो गजल

१५३औँ मोती जयन्तीको अवसरमा मोक्षदा स्कुलले तेस्रो अन्तरस्कुल मोतीस्मृति गजल वाचन प्रतियोगिता आयोजना ग¥यो । काठमाडौँ उपत्यकाभित्रका २१ स्कुलका छात्रछात्राको सहभागिता रहेको सो प्रतियोगितामा सहभागीले विभिन्न गजलकारद्वारा लिखित गजल वाचन गरेका थिए ।

सो प्रतियोगितामा निमोनिक मोडर्न एकेडेमीकी पूर्णिमा घिसिङ, नेक्सस इन्टरनेसनल एकेडेमीकी प्रनुशा श्रेष्ठ, सेन्ट जेभियर्स गोदावरीकी कृतिका कोइराला र न्यु सनसाइन इङ्लिस स्कुलका युकेश रावल क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए ।

सो अवसरमा मोक्षदा स्कुलले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई अभिनन्दित गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. विजय सुब्बा, अभिनन्दित व्यक्तित्व व्याकुल माइला, गजलकार सरोज घिमिरे, मोक्षदा स्कुलका प्राचार्य ठाकुर तिमल्सेना, शैक्षिक निर्देशक हरिशरण खनाललगायत वक्ताले कार्यक्रमको महत्त्वमाथि प्रकाश पारेका थिए । कार्यक्रम कक्षा ९ की छात्रा यूथिका खनाल र कक्षा ७ की छात्रा तारा लामाले सञ्चालन गरेका थिए ।

https://www.youtube.com/watch?v=-L6PBVecA9c