Menu

छन्द कविता वाचनमा मोक्षदा द्वितीय


  9th September, 2018

छन्द कविता वाचनमा मोक्षदा द्वितीय

१५३ औँ मोती जयन्तीको अवसरमा काठमाडौँको कान्जिरोवा नेसनल स्कुलद्वारा आयोजित छन्द कविता वाचन प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा तारा लामाले द्वितीय स्थान हात पारिन् ।

सो अवसरमा तारा लामाले माधव घिमिरेको गौरी शोककाव्यभित्रका शार्दूलविक्रीडित छन्दका केही श्लोक वाचन गरेकी थिइन् । सो प्रतियोगिता मोती जयन्तीको दिन अर्थात् २४ भाद्रमा आयोजना गरिएको थियो ।

https://www.youtube.com/watch?v=fY9k2y9eqbM