Menu

एलकेजी र युकेजीको शैक्षिक भ्रमण


  20th September, 2018

एलकेजी र युकेजीको शैक्षिक भ्रमण

बालबालिकालाई स्थानीय समाजबारे जानकारी दिने उद्देश्यले मोक्षदा स्कुलमा कक्षा एलकेजी र युकेजीमा अध्ययनरत बालबालिकालाई यस वर्ष एयरपोर्टनजिकै रहेको स्थानीय बस्तीको भ्रमण गराइयो । भ्रमणका क्रममा बालबालिकाले गाईपालन, बाख्रापालन तथा कुखुरा तथा हाँसपालनबारे जानकारी लिने अवसर पाए ।

भ्रमणका क्रममा बालबालिकाले गाई, बाच्छाबाच्छी, बाख्रा, बोका, खसी तथा पाठापाठीबारे प्रत्यक्ष देखेर अनुभव गर्ने मौका पाए । उनीहरूले सो अवसरमा कुखुराका चल्ला तथा हाँसका टिउरा पनि देख्ने मौका पाए । यो शैक्षिक भ्रमण असोज ४ गते आयोजना गरिएको थियो ।