Menu

पिस पोस्टर प्रतियोगितामा मोक्षदा प्रथम


  15th November, 2018

पिस पोस्टर प्रतियोगितामा मोक्षदा प्रथम

लायन्स क्लब इन्टरनेसनल ३२५ ए २ द्वारा आयोजित अन्तरस्कुल पिस पोस्टर प्रतियोगितामा मोक्षदा स्कुल प्रथम भएको छ । काठमाडौँ जिल्लाका ३७ स्कुलको सहभागिता रहेको सो प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ७ मा अध्ययनरत रवीन्द्र शाही प्रथम भएका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका शाहीले ट्रफीका साथमा नगद रु. पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।

यस प्रतियोगितामा रवीन्द्रसहित उत्कृष्ट ५ भित्र पर्न सफल प्रतियोगीले राष्ट्रिय स्तरमा आयोजना गरिने लायन्स क्लबका विभिन्न डिस्ट्रिक्टबाट छनोट भई आएका अन्य उत्कृष्ट सहभागीबीचको प्रतिस्पर्धामा सहभागी हुने छन् । सो राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीले इटालीमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर पाउने छन् ।