Menu

चिडियाखानाको शैक्षिक भ्रमण


  26th November, 2018

चिडियाखानाको शैक्षिक भ्रमण

बालबालिकालाई पाठ्यपुस्तकबाहेक अतिरिक्त ज्ञान दिने उद्देश्यले कक्षा प्लेग्रुपदेखि कक्षा १ सम्मका सम्पूर्ण छात्रछात्रालाई यस वर्ष ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको भ्रमण गराइयो । मङ्सिर महिनाको १० र ११ गते लगिएको सो शैक्षिक भ्रमणमा एक सय ३० बालबालिका सहभागी थिए ।

कक्षा प्लेग्रुपदेखि एलकेजीसम्म एउटा तथा कक्षा युकेजी र कक्षा १ सम्म अर्को गरी दुई समूहमा अलगअलग दिनमा लगिएको सो भ्रमणका क्रममा बालबालिकाले चिडियाखानामा संरक्षित विभिन्न प्रजातिका पशुपन्छीबारे जान्ने मौका पाए ।

चिडियाखाना भ्रमणका क्रममा पशुपन्छीबारे जानकारी लिइसकेपछि बालबालिकाले आफूले साथमा लगेको खाजा समूहमा बसेर खाएका थिए । बालबालिकाका साथमा सम्बन्धित कक्षाका ग्रेड शिक्षिका र प्रिप्राइमरी कोअर्डिनेटर रेनुका सुब्बाको उपस्थिति थियो ।