Menu

स्वयम्भूनाथ परिसरको शैक्षिक भ्रमण


  5th December, 2018

स्वयम्भूनाथ परिसरको शैक्षिक भ्रमण

बालबालिकालाई शैक्षिक भ्रमणका माध्यमबाट काठमाडौँ उपत्यकाभित्रका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्मारकहरूको जानकारी दिने क्रममा यस वर्ष कक्षा ४ र ५ का छात्रछात्राका लागि विश्वसम्पदामा सूचीकृत नेपालकै पुरानो मन्दिर मानिने स्वयम्भूनाथ परिसर र नजिकै रहेको प्राकृतिक विज्ञान सङ्ग्रहायल भ्रमणको आयोजना गरिएको थियो ।

स्वयम्भू भ्रमणका क्रममा बालबालिकाले विश्व सम्पदा क्षेत्रमा रहेका ऐतहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्नुका साथै सो क्षेत्रबारे त्यहाँका स्थानीयसित संवाद पनि गरेका थिए । उनीहरूले सो अवसरमा स्वयम्भूनाथ प्राङ्गणमा बसेर स्थलगत चित्र पनि कोरेका थिए ।

स्वयम्भूनाथ परिसरको भ्रमणपछि बालबालिकाले नजिकै रहेको प्राकृतिक विज्ञान सङ्ग्रहालयको पनि भ्रमण गरेका थिए । सो अवसरमा बालबालिकाले सङ्ग्रहालयमा सङ्कलित झन्डै ५५ हजार प्रजातिका अवशेषको अवलोकन गर्ने अवसर पाएका थिए । शैक्षिक भ्रमण मङ्सिर १९ गते बिहिबारका दिन आयोजना गरिएको थियो ।