Menu

शैक्षक भ्रमणका लागि एभिएसन म्युजियम


  6th December, 2018

शैक्षक भ्रमणका लागि एभिएसन म्युजियम

मोक्षदा स्कुलमा कक्षा २ र ३ मा अध्ययनरत छात्रछात्राले यस वर्ष सिनामङ्गलस्थित एभिएसन म्युजियमको शैक्षिक भ्रमण गरे । मङ्सिर २० गते बिहिबार सम्पन्न सो शैक्षिक भ्रमणमा बालबालिकाले सो एभिएसन म्युजियमभित्र सङ्कलित हवाईजहाजसम्बन्धी विभिन्न जानकारी र हवाईजहाजका विभिन्न मोडेलबारे जानकारी लिने मौका पाएका थिए ।

यसअघि कहिल्यै यति ठुलो हवाईजहाज नजिकबा नदेखेका र चढ्ने मौका नपाएका बालबालिकाका लागि एभिएसन म्युजियमको शैक्षिक भ्रमण अविस्मरणीय रह्यो । 

एभिएसन म्युजियम भ्रमणपछि साथमा लगेको खाजा सामूहिक रूपमा बाँडीचुँडी खाएपछि बालबालिकाले सिनामङ्गलदेखि तिलगङ्गासम्मको सडकमा पैदल यात्रा गरेका थिए । उनीहरूले सो अवसरमा सडक पेटी र जेब्रा क्रसको प्रयोगबारे ज्ञान लिएका थिए ।