Menu

कुकिङ प्रतियोगितामा मोक्षदा स्कुल चौथो


  15th December, 2018

कुकिङ प्रतियोगितामा मोक्षदा स्कुल चौथो

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) ले यही मङ्सिर २९ गते शनिबारका दिन फोरमअन्तगर्तका विद्यार्थीबिच कुकिङ प्रतियोगिता आयोजना ग¥यो । कपनस्थित लभ्ली एन्जल्स स्कुलको प्राङ्गणमा आयोजित सो प्रतियोगितामा मोक्षदा स्कुलले चौथो स्थान हासिल ग¥यो ।

 

फोरमअन्तर्गतका ९ विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा सहभागी विद्यार्थीले थकाली खाना सेट तयार गरेका थिए । प्रतियोगीलाई जम्मा २ घन्टाको समय दिइएको थियो । ५ जनाको समूहमा रहेका प्रतियोगीले निर्धारित समयमा तोकिएअनुसारको खाना सेट तयार गरेका थिए ।