Menu

निबन्ध लेखनमा तृतीय


  3rd February, 2019

निबन्ध लेखनमा तृतीय

श्रम मावि, कुमारीगालले काठमाडौँ जिल्लाव्यापी स्थलगत मन्दिर–जयन्ती निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा मोक्षदा स्कुलबाट कक्षा ९ की छात्रा इच्छा चन्द र कक्षा ८ की छात्रा सुवेक्षा भण्डारी सहभागी भएका थिए । 
काठमाडौँ जिल्लाभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका गरी ४० भन्दा बढी प्रतियोगीको सहभागिता रहेको सो प्रतियोगितामा मोक्षदा स्कुलकी छात्रा इच्छा चन्द तृतीय स्थान हासिल गर्न सफल भइन् । उनी पुरस्कार र प्रमाणपत्रका साथमा नगद रु २५००/– पनि प्राप्त गर्न सफल भइन् । इच्छा र सुवेक्षा दुवैलाई स्कुल परिवारका तर्फबाट हार्दिक बधाई तथा शुभकामना !