Menu

विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागिता


  22nd February, 2019

विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागिता

हिन्दू स्वयंसेवक संघ, नेपालले विवेकानन्द संस्कृति ज्ञान परीक्षा– २०७५ आयोजना गरेको थियो । काठमाडौँको टुँडिखेलमा आयोजित सो परीक्षामा काठमाडौँ, भक्तपुर र ललितपुरका सामुदायिक तथा संस्थागत विद्यालयका करिब ७ हजार विद्यार्थीको सहभागिता रहेको थियो । 
प्रतियोगितामा मोक्षदा स्कुलका तर्फबाट कक्षा ५ देखि १० सम्म अध्ययनरत छात्रछात्रामध्ये ७५ जनाको सहभागिता थियो । प्रतियोगितामा सहभागी भई मोक्षदा स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्र विपिन ढकालले शतप्रतिशत उत्तर मिलाएका थिए । सो अवसरमा मोक्षदा स्कुलका छात्रछात्राले विशेष सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।