Menu

कविता वाचनमा तारा र अनुजलाई दोहोरो सफलता


  15th July, 2019

कविता वाचनमा तारा र अनुजलाई दोहोरो सफलता

मोक्षदा स्कुलमा कक्षा ८ मा अध्ययनरत तारा लामा र कक्षा १० मा अध्ययनरत अनुज खड्काले यस वर्ष छन्द कविता वाचनमा दोहोरो सफलता प्राप्त गरेका छन् । २०६ औँ भानुभजयन्तीको अवसरमा आयोजित दुई अलगअलग कविता वाचन प्रतियोगितामा दुवैले सो सफलता प्राप्त गरेका हुन् । 


नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्म जयन्तीको अवसरमा प्रोग्रेसिभ एजुकेसनल फोरम (PEF) द्वारा महान् सिद्धार्थ हाई स्कुलमा आयोजित रामायणभित्रका छन्द कविता वाचन प्रतियोगितामा ताराले छात्रातर्फ र अनुजले छात्रतर्फ प्रथम स्थान प्राप्त गरेका हुन् । प्रथम स्थानसँगै दुवैले प्रमाणपत्र, पद र ट्रफी हात पारेका छन् ।

https://www.nayapatrikadaily.com/news-details/19703/2019-07-14?fbclid=IwAR1bCBROovrF561vdBMU8NeKz81TWmGigwUZCMHXPOLBI6479msF-8VaL2s


त्यसैगरी सोही अवसरमा गौरीघाटस्थित हिलारी स्कुलद्वारा आयोजित अर्को छन्द कविता वाचन प्रतियोगितामा पनि ताराले प्रथम स्थान हासिल गरिन् भने अनुजले सोही प्रतियोगितामा तृतीय स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम भएकी ताराले प्रमाणपत्र, पदक, ट्रफी र नगद रु. पाँच हजार प्राप्त गरिन् भने अनुजले प्रमाणपत्र, पदक, ट्रफी र नगद रु. दुई हजार हात पारे । 


दुवैलाई मोक्षदा परिवारको हार्दिक बधाई तथा शुभकामना !

http://www.dhankutakhabar.com/archives/199709?fbclid=IwAR3BXF8tosE61OW3bn1KM8Rd7-tbSdlHDRCZ9mXAe67zv8CBbD9TVpa2u8k