Menu

तारा, उपहार र खुसीलाई सफलता


  30th August, 2019

तारा, उपहार र खुसीलाई सफलता

मोक्षदा स्कुलकी तारा तामाङ कोटेश्वरस्थित कान्जिरोवा नेसनल स्कुलले १५४ औँ मोतीराम जयन्तीको अवसरमा आयोजना गरेको छन्दोबद्ध कविता वाचन प्रतियोगितामा प्रथम हुनुभएको छ । 
नेपाली तथा संस्कृत भाषाका मर्मज्ञ प्रा.डा. विष्णुराज आत्रेयको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका २० विद्यालयको सहभागिता थियो । प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल, गोदावरीकी कृतिका कोइराला, एभरेस्ट स्कुल, भक्तपुरकी नलिना कार्की र ग्लोरी स्कुलका शुभम् पौड्याल क्रमशः द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल हुनुभएको थियो । 
१५४ औँ मोती जयन्तीकै अवसरमा हिलारी स्कुल, गौरीघाटद्वारा आयोजित गजल वाचन प्रतियोगितामा पनि तारा तामाङले चतुर्थ स्थान हासिल गर्नुभयो । सो प्रतियोगितामा कक्षा १० का छात्र अनुज खड्का पनि सहभागी हुनुभएको थियो । 
यसैबीच बाल दिवसको अवसरमा द सेलिब्रेसन कोएड स्कुलद्वारा आयोजिता उपत्यकाव्यापी चित्रकला प्रतियोगितामा मोक्षदा स्कुलकी उपहार लिम्बू चतुर्थ स्थान हासिल गर्न सफल हुनुभयो । सो प्रतियोगितामा मोक्षदा स्कुलबाट रवीन्द्र शाहीले पनि सहभागिता जनाउनुभएको थियो । 
प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका ५४ स्कुलका एक सय दुई प्रतियोगीको सहभागिता रहेको थियो । 
त्यसैगरी नेपाल स्काउटद्वारा आयोजित हाजिरीजबाफ प्रतियोगितामा मोक्षदा स्कुलको टोली तृतीय स्थान हासिल गर्न सफल भयो । 
चारुमती मित्र समूहद्वारा नै आयोजित एकल नृत्य प्रतियोगितामा मोक्षदा स्कुलकी खुसी हमाल तृतीय स्थान हासिल गर्न सफल हुनुभयो ।

विजयी तथा सहभागी सबैलाई हार्दिक बधाई !