Menu

यूथिका र विपिनलाई समाचार वाचनमा सफलता


  13th September, 2019

यूथिका र विपिनलाई समाचार वाचनमा सफलता

प्रोग्रेसिभ एजुकेसनल फोरमको आयोजनामा ज्ञानदीप शिक्षा सदनको संयोजनमा आयोजित अन्तरविद्यालयस्तरीय नेपाली समाचार वाचन प्रतियोगितामा मोक्षदा स्कुलबाट सहभागी कक्षा १० की छात्रा यूथिका खनाल र कक्षा ९ का छात्र विपिन ढकाल प्रथम हुनुभएको छ । 
काठमाडौँको अनामनगरस्थित लेखन कुञ्जमा आयोजित प्रतियोगितामा महान सिद्धार्थ हाई स्कुलका सृष्टि अधिकारी र सन्तोष मैनाली, न्यु सनसाइन स्कुलका युनिश ढकाल र सुरव पराजुली, निमोनिक मोडर्न एकेडेमीका विराज घिमिरे र समिरा घिसिङले क्रमशः द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्नुभएको थियो ।


वरिष्ठ कवि तथा भाषासेवी प्राडा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा सञ्चारकर्मी तथा साहित्यकार सरोज घिमिरे र एपी १ टेलिभिजनका नीराजन भण्डारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम ज्ञानदीप शिक्षा सदनकी प्राचार्य साहित्यकार सीता भट्टराईको संयोजकत्वमा सम्पन्न भएको थिायो । https://www.youtube.com/watch?v=i4DHSeG-aHQ&t=74s