Menu

पिस पोस्टर प्रतियोगितामा उपहार प्रथम


  13th November, 2019

पिस पोस्टर प्रतियोगितामा उपहार प्रथम

मोक्षदा स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा उपहार लिम्बूले पिस पोस्टर प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । Journey of Peace थिममा रहेको सो प्रतियोगितामा देशका विभिन्न भागका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ५९ छात्रछात्राको सहभागिता रहेको थियो ।
प्रतियोगिता लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए २ द्वारा आयोजना गरिएको थियो । क्लबले हरेक वर्ष यही थिममा पिस पोस्टर प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्ष पनि यस प्रतियोगितामा मोक्षदा स्कुलका रवीन्द्र शाही प्रथम भएका थिए ।