Menu

बुद्ध जन्मभूमि लुम्बिनीको शैक्षिक भ्रमण


  24th December, 2019

बुद्ध जन्मभूमि लुम्बिनीको शैक्षिक भ्रमण

कोरा किताबी अध्ययनले विद्यार्थीलाई पर्याप्त ज्ञान कहिल्यै दिन सक्दैन । त्यसका लागि प्रयोगात्मक तथा प्रत्यक्ष अवलोकन भ्रमण अपरिहार्य हुन्छ । यसै तथ्यलाई मध्यनजर गर्दै मोक्षदा स्कुलले यस वर्ष कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रालाई बुद्ध जन्मभूमि लुम्बिनीको भ्रणमा सहभागी गरायो । 
लुम्बिनी भ्रमणका क्रममा छात्रछात्राले नवलपुरस्थित शाश्वत धामको दर्शन गर्नुका साथै, बुटवलस्थित अस्ट्रिच पालन केन्द्रको समेत अवलोकन गरेका थिए । नेपालकै एकमात्र व्यवस्थित र व्यावसायिक अस्ट्रिच पालन केन्द्र पुग्दा बालबालिकाले अस्ट्रिचसम्बन्धी धेरै ज्ञान बटुल्ने अवसर पाए । 
बुद्ध जन्मभूमि लुम्बिनी पुग्दा विद्यार्थीले विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिरका अतिरिक्त विश्व शान्ति स्तूप, जर्मन टेम्पल, नेपाल गुम्बा, चाइनिज तथा कोरियन गुम्बाको अवलोकन गरेका थिए । यसका अतिरिक्त कम्बोडिया, म्यानमार, थाई गुम्बा र शान्तिदीपको पनि विद्यार्थीले अभिरुचिपूर्वक अवलोकन गरेका थिए । 
भ्रमण टोलीमा विद्यालयको प्रिन्सिपल ठाकुर तिमल्सेना, शैक्षिक निर्देशक हरिशरण खनाल, प्राथमिक तह संयोजक सुमित्रा श्रेष्ठ र शिक्षिका श्वेता श्रेष्ठको सहभागिता रहेको थियो ।