Menu

News

शिवपुरी हाइकिङको रमाइलो

मोक्षदा स्कुलले कक्षा ८, ९ र १० का छात्रछात्रालाई शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बागमती नदीको मुहान बागद्वार र शिवपुरी पहाडको हाइकिङ आयोजना गरेको थियो । सो हाइकिङमा कक्षा ८, ९ र १० सम्पूर्ण छात्रछात्राका साथमा प्रिन्सिपल ठाकुर तिमल्सेनाको नेतृत्वमा शिक्षक, शिक्षिका तथा केही अभिभावकको समेत सहभागिता रहेको थियो ।

View Detail  

मोक्षदा स्कुलमा गजल वाचन प्रतियोगिता

नेपाली गजलका जन्मदाता मोतीराम भट्टको १५२ औँ जयन्तीको पूर्वसन्ध्यामा मोक्षदा स्कुलले अनाममण्डलीको प्राविधिक सहयोगमा अन्तरस्कुल दोस्रो उपत्यकाव्यापी गजल गायन प्रतियोगिता आयोजना गर्यो । सो प्रतियोगितामा काठमाडौँ र ललितपुरका २४ विद्यालयको सहभागिता थियो ।

View Detail  

छन्द कवितावाचनमा मोक्षदालाई अर्को सफलता

काठमाडौं/ कान्जिरोवा नेसनल माध्यमिक विद्यालयले १५२ औँ मोती जयन्तीको अवसरमा उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता आयोजना गर्यो । प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा आकृति भुजेलले तृतीय स्थान हासिल गरिन् ।

View Detail  

नृत्य प्रतियोगितामा मोक्षदा स्कुल द्वितीय

काठमाडौं/ राजधानीका ११ संस्थागत स्कुलहरूको साझा मञ्च प्रोगे्रसिभ एजुकेसनल फोरम (पिइएफ) ले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरस्कुल लोकनृत्य प्रतियोगितामा मोक्षदा स्कुलले द्वितीय स्थान हासिल गरेको छ । गत वर्ष सोही प्रतियोगितामा तृतीय स्थान हासिल गरेको

View Detail  

एम्बिसन एकेडेमीमा मोक्षदा स्कुल प्रथम

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्म जयन्तीको अवसरमा मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीले आयोजना गरेको उपत्यकाव्यापी भानुभक्तीय रचना पाठ प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा आकृति भुजेल प्रथम भएकी छिन् ।

View Detail