Menu

Blog

भुइँकुहिरोसित लुकामारी खेल्दै चिसोपानी हाइकिङ

काठमाडौँको धुवाँ, धुलो र कोलाहलबाट मुक्ति खोज्दै बिमस्टेकले जुराएको बिदामा एकाबिहानै झन्डै ५५ जना विद्यार्थी र १० जना शिक्षकको जम्बो टोलीमा मिसिएर लागियो, शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको संगमस्थल चिसोपानीतिर । १३२५ मिटर उचाइमा रहेको काठमाडौंको सुन्दरीजल बसपार्कमा स्कुल बस छाडेर बिहान ८ बजेतिर सुरु भयो हाम्रो बर्खे हाइकिङ ।

View Detail  

बुद्ध जन्मस्थलमा पुग्दा

केही अघि मैले बौद्ध धर्मावलम्बीहरुको पावन तीर्थस्थल तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको यात्रा गर्ने मौका पाएँ । दादा, दिदीसित त्यहाँ जान पाउँदा खुसीले मन त्यसैत्यसै उडिरहेको थियो । लुम्बिनी पुग्न झन्डै ८/९ घन्टाको लामो बस यात्रा गर्नुपर्दो रहेछ । बाटामा दायाँबायाँ देखिने बस्ती, नदीनाला र वन जंगलको रमणीय दृश्य देख्दा मन त्यसै रमायो ।

View Detail  

मेरो गाउँ : विकट ठाउँ

मेरो जिल्लाका अधिकांश मानिस अशिक्षित छन् । शिक्षाको कमीका कारण उनीहरुमा अन्धविश्वासले जरा गाडेको छ । बाबुआमा अशिक्षित भएकै कारण मेरो गाउँ र सिंगो जिल्लाकै मजस्तै हजारौँ बालिकाले पढ्न पाइरहेका छैनन् ।

View Detail  

Hats off to Udkee–Mudkee !!

Friday evening Manjari Theatre of Mokshada School was yet again able to steal the hearts of the audience present there with a short drama named Udkee-Mudkee.

View Detail  

एभिएसन म्युजियमको भ्रमण

गुरुहरूले भोलि म्युजिमय भ्रमणमा जाने भन्नुहुँदा स्कुलबाट बाहिर जान पाउने भएकाले केही उत्साहित भए पनि खासै नौलो भने लागेको थिएन । किनकि, यसअघि पनि म्युजियम त गइएकै थियो । त्यसैले, पहिले पनि गइसकेको म्युजियम जाने कुराले ममा मात्र होइन, साथीहरूमा पनि खासै ऊर्जा ल्याएको जस्तो लागेको थिएन ।

View Detail